२१ कार्तिक २०८३, शनिबार

सरकारी वार्ता टोलीले आज पनि आन्दोलनरत समूहसँग वार्ता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barta-Meeting-Morcha-Sarkarकाठमाडौं, १५ असोज । सरकारी वार्ता टोलीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा अन्य आन्दोलनरत समूहसँग आज पनि वार्ता गर्ने भएको छ ।

विभिन्न समूहसँग वार्ता गर्दै आएको सरकारी वार्ता टोलीले आज विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग वार्ता गर्ने बुझिएको छ । सरकारी वार्ता टोलीले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि वार्ता गर्ने नेताहरूको भनाइ छ ।

वार्ताका लागि सरकारका तर्फबाट गर्नुपर्ने केही प्रारम्भीक सर्त मन्त्रिपरिषदले बिहीबार बेलुका पूरा गरेको थियो । सरकारले घाइतेको उपचारका लागि रकम निकासा, मृत्यु भएका परिवारका आफन्तलाई दश लाख क्षतिपूर्तिलगायतका केही माग पूरा गरेको थियो ।

आज हुने वार्ताहरूमा सरकारले आन्दोलनरत समूहले अघि सारेका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जानाउने छ भने नाकाबन्दीको कार्यक्रम फिर्ता दवाव दिने बुझिएको छ ।