१० कार्तिक २०८३, मंगलबार

वर्षाले अवरुद्ध दिक्तेल–हलेसी सडक सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khotang Sadakखोटाङ, १५ असोज । वर्षाका कारण गत असारदेखि अवरुद्ध खोटाङको दिक्तेल–हलेसी सडक सञ्चालनमा आएको छ । वर्षाको भलबाढीले हिलाम्मे र खाल्डाखुल्डी भएपछि असार २१ गतेबाट पूर्ण रुपमा अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

सडक सञ्चालनमा आएसँगै शुक्रबारबाट नियमित यातायात सेवा सुरु गरिएको खोटाङ यातायात व्यवसायी सङ्घका सचिव रामकुमार हिङ्माङले बताउनुभयो ।

“अवरुद्ध सडक सञ्चालनमा आएसँगै जयरामघाट र हलेसीमा थन्किएका यात्रुबाहक सवारी साधन दिक्तेल ल्याइएको छ ।” उहाँले भन्नुभयो – “अवरुद्ध सडक पूर्णरुपमा नखुले पनि नजिकिँदै गरेको दसैँ तथा तिहारलाई लक्षित गरेर नियमित यातायात सेवा सुरु गरेका हौँ ।”

जिल्लाबाट तराई जाने र आउने एकमात्र सडकका रुपमा रहेको दिक्तेल–हलेसी सडक सञ्चालनमा आएपछि जिल्लावासी हर्षित भएका छन् । यसअघि सडक अवरुद्ध हुँदा दिक्तेलबाट हलेसीसम्म र हलेसीबाट दिक्तेलसम्म पैदल हिँड्नुपर्ने समस्या थियो ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक यसै वर्षदेखि कालोपत्रेको काम सुरु गरिएको छ । विगतका वर्षमा वर्षात्को समय पनि आंशिक रुपमा सञ्चालन हुँदै आएको यस सडक यो वर्ष कालोपत्रेको काम सुरु गरेलगत्तैबाट अवरुद्ध बनेको थियो । रासस