३० आश्विन २०८३, शुक्रबार

सेती परियोजना जोड्ने छोटो सडक निर्माणमा तीव्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

west-setiबैतडी, १५ असोज । प्रस्तावित सेती परियोजनालाई जोड्ने सबैभन्दा छोटो सडक निर्माण कार्यले तीव्रता पाएको छ ।

बैतडीको सिद्धपुरबाट ढुंगाड जोड्ने सडक विफ्याकटालदेखि ढुंगाडसम्म पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको सो सडक सिद्धपुरको नेटा बजारसम्म पुगेको युवा सङ्घका महाकाली अञ्चल संयोजक देवेन्द्र कुँवरले बताउनुभयो ।

जिल्ला विकास समिति बैतडीले सुरुवात गरेको सो सडक सिद्धपुरको खोडानेटासम्म सञ्चालनमा आएको थियो ।

कुँवरले भन्नुभयो – “यो वर्ष स्थानीय बासिन्दाको श्रमदान र चन्दा सङ्कलन गरी चार किलोमिटर थप निर्माण गरिएको हो ।” “करिब रु ४० लाखको लागतमा चार किलोमिटर सडक निर्माण गरिएको र रु १० लाख जति चन्दा सङ्कलन भएको हो ।”

बाँकी स्थानीयवासीले श्रमदान गरी सडक निर्माण गरेका हुन् । बैतडीको विकट मानिने ढुंगाड गाविसलाई जोड्ने सो सडक नेटा बजारसम्म सञ्चालनमा आएपछि स्थानीय बासिन्दा पनि हर्षित भएका छन् । यो सडकलाई पर्यटकीय सडकका रुपमा समेत विकास गर्न सकिने स्थानीयवासीले बताएका छन् । रासस