१० कार्तिक २०८३, मंगलबार

अखिलको टोली तातोपानी पुग्यो, नाका खोल्न श्रमदान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-student- cadet

– रामसुन्दर आचार्य
तातोपानी, १४ असोज । भूकम्पपछिको पहिरोका कारण अवरुद्ध कोदारी राजमार्गको खुलाउन काठमाडौंबाट हिडेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोली तातोपानी पुगेको छ ।

चीनसँग जोडिएको नाका खुलाउने काममा श्रमदान गर्न अखिलको टोली विहीबार विहान काठमाडौंबाट तातोपानी आएको थियो । काठमाडौंमा नेकपा एमालेका नेता शंकर पोखरेलले अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गरेका थिए ।

राष्ट्रिय जागरण अभियानअन्तर्गत एक सयजनाको विद्यार्थी टोली तातोपानी पुगेको संगठनका केन्द्रीय सदस्य जेनिस लामाले जानकारी दिनुभयो । टोलीले दुई दिन पूर्ण श्रमदान (स्वयम्सेवा) गर्नेछ ।

विहीबार दिउँसो तीन बजे तातोपानी पुगेको टोलीले विहीबारबाटै श्रमदान सुरु गरेको छ । सडक डिभिजन कार्यालय सिन्धुपाल्चोकका अनुसार अबको तीन दिनभित्रै तातोपानी नाका खुल्दैछ ।