
– विवेक विश्वकर्मा
रुपन्देही, १४ असोज । डेढ महिना देखी आन्दोलनमा रहेका मधेसवादी दलहरु आन्दोलनलाई नया रुप दिएका छन ।
पूर्व घोषित कार्यक्रम अनुसार मधेशी दलले आन्दोलनमा स्थानियको ऐक्यवद्धता रहेको देखाउन मेचीदेखि महाकालीसम्म मानव साङ्गलो बनाएको छ । सोही कार्यक्रम अनुसार रुपन्देहीको सीमामा पर्ने तुरिया खोला धकधई, बनगाई, लुम्बिनी हुदै कोठी नदि सम्म मधेशी दलहरुले मानव साङ्गलो बनाई कार्यक्रम सम्पन्न गरेका छन ।
रुपन्देहीका भैरहवामा रहेको निषेधित क्षेत्र बाहेक पूर्व पश्चिम हुलाकी मार्गमा मधेशी दलले आयोजना गरेको उक्त कार्यक्रममा स्थानियहरुको उल्लेख्य सहभागीता रहेको थियो । पुरुष, महिला, वृद्ध, युवा युवती एवम बिद्यार्थी समेतको मानव साङ्गलोमा ब्यापक सहभागीता रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले बताए ।
दिउसो १ बजे देखी २ बजे सम्म चलेको उक्त कार्यक्रम अवधिभर हुलाकी मार्गमा प्रदर्शनकारीले कुनै पनि सवारी साधन चल्न दिएनन । मधेशमा भएको आन्दोलनमा मधेशीको सहभागीता नरहेको भन्ने भ्रमलाई चिर्न र मधेश आन्दोलन थप प्रभावकारी बनाउन मानव साङ्गलो बनाईएको मोर्चाको संयोजक यादवले बताए ।




















प्रतिक्रिया