१० कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चाको मानव सांगलोमा सहभागी एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morchaगौशाला, १४ असोज । मानव साङ्लोमा सहभागी हुन गएका एक पुरुषको आज महोत्तरीको मनरा गाविसमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सिस्वाकटैया गाविस–८ सहसराम गाउँ बस्ने ४५ वर्षीय उमेश कापर रहेको उनका छिमेकी राधेश्याम तिवारीले जानकारी दिनुभएको छ ।

मनरा–७ स्थित बाटोमा मानव साङ्लोमा सहभागी हुँदै उभिएका कापर अचानक भुइँमा लड्दा उनको घटनास्थलमै मृत्यु भएको उनीसँगै रहेका गाउँले विजयकुमार साहले बताउनुभयो ।

मृतक कापरको शव उनीसँगै मानव साङ्लोमा सहभागी हुन गएका गाउँलेले गाउँमा लैजाने तयारी गरिरहेका छन् भने घटनास्थलमा प्रहरी पुग्न सकेका छैनन् । रासस