२१ कार्तिक २०८३, शनिबार

खेलकुदमन्त्री पौडेलद्धारा पदबाट राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

purushottam-paudelकाठमाडौं, १४ असोज । खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री पौडेलले राजीनामा पत्र बालुवाटार पुगेर आजै प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका छन् । मन्त्री पौडेलले प्रधानमन्त्रीले राजीनामा मागेकाले उहाँलाई सहयोग गर्न राजीनामा दिएको दैनिक नेपाललाई बताए । आफूले ऐन नियम र कार्यविधि नाघेर कुनै काम नगरेको बताउँदै पौडेलले प्रधानमन्त्रीले राजीनामा मागेकै कारण पदबाट राजीनामा दिएको प्रष्ट पारे ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई पदबाट हटाउन सिफारिस गरेको थियो ।