२१ कार्तिक २०८३, शनिबार

थारु र मधेसी मोर्चासँग वार्ता तीन दलले बनाए ८ बुँदे प्रस्ताव, यो हप्ताभित्रै वार्ता सफल हुने विश्वास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, १४ असोज । असन्तुष्ट पक्षहरुका माग सम्बोधन गर्न प्रमुख तीन दलले ८ बुँदे सहमति प्रस्ताव सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले असन्तुष्ट मधेसी र थारुलाई वार्तामा ल्याउन ८ बुँदे सहमति प्रस्ताव तयार पारिएको बैठकमा सहभागी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।

फाइल तस्वीर
फाइल तस्वीर

उहाँले भन्नुभयो– ‘असन्तुष्ट मधेसी, थारु र जनजातिसँग अहिलेसम्म भएको वार्ता सम्वादबारे तीन दलको बैठमा समिक्षा भयो र अब असन्तुष्ट थारु, मधेसी, आदिवासी सबैका मागलाई अधिकतम रुपमा समेट्न ८/९ वटा बुँदाको वार्ताको ड्राफ्ट तयार पारेको छौं । सम्भव त यो हप्ताभित्रै उहाँहरु वार्तामा आउनुहुन्छ, सहमति हुन्छ ।’

प्रचण्डका अनुसार वार्ताको ८ बुँदे ‘ड्राफ्ट’मा समावेशता, समानुपातिक, निर्वाचन क्षेत्र, सीमांकन लगायतका विषय रहेका छन् ।

एमाले उपाध्यक्ष विद्या भण्डारीले भारतीय नाकाबन्दी खुलाउन बैठकमा कुटनीतिक पहल भइरहेको बारेमा सरकारले जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो- औषधि, पेट्रोलियम पदार्थ, खाद्यान्न सामग्री रोकेर भारतले नाकाबन्दी गरेको बारेमा सरकारले कुटनीतिक पहल गरिरहेको बैठकमा जानकारी गराएको छ । हामीहरुले सरकारलाई भारतसँग कुटनीतिक पहल गर्न, नभए तत्काल आपूर्ति सहज गराउन बैकल्पिक मार्ग जस्तै, चीन होस् वा कतारबाट हवाई मार्ग रोज्न सुझाव दिएका छौं ।’

यस्तै, कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चाको आन्दोलन र धर्नाका विषयमा बैठकमा समिक्षा भएको बताउँदै मधेसी जनताले दशगजामा बसेर आन्दोलन गर्नु गलत भएको बताउनुभयो ।  यसैबीच अहिले केही बेरमा मधेसी मोर्चाका नेता महन्थ ठाकुरसँग सरकारले वार्ता गर्दैछ ।