काठमाडौं, १४ असोज । मधेस र थारु आन्दोलनकारीका मागका विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूको बैठकमा मधेसी र थारु आन्दोलनकारीले उठाएका मागका विषयमा छलफल हुने स्रोतले जनाएको छ । बैठकमा भारतीयपक्षले अघोषित रुपमा लगाएको नाकाबन्दीका विषयमा पनि छलफल हुनेछ ।
मधेसी मोर्चा र थारुहरूसँग सरकारी वार्ता टोलीले आन्तरिक रुपमा सम्वाद र छलफल गर्दै आएको छ । सो सम्वाद र छलफलअनुसार नै शीर्ष बैठक बस्न लागेको हो ।
यसैबीच, उच्च स्रोतका अनुसार तीन दलको शीर्ष बैठकमै मधेसी नेताहरूलाई पनि बोलाइएको छ । नौ बजेदेखि सुरु हुने शीर्ष बैठक सक्किएपछि दश बजेपछि मधेसी नेताहरूलाई वार्तामा बेलाएको बुझिएको छ ।
वार्ताका लागि महन्त ठाकुरलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिम्मेवारी दिएपछि सरकारी पक्षले पनि तदारुकता देखाउँदै आएको छ ।












प्रतिक्रिया