१० कार्तिक २०८३, मंगलबार

केन्द्रीय प्रहरी तालिममा कञ्चनपुरका इन्सपेक्टर बम तृतीय, गृहमन्त्रीबाट पुरस्कार ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bikas-bam

काठमाडौं, १३ असोज । प्रहरी निरीक्षक आधारभूत तालिम १५८ औं समुहमा कञ्चनपुर घर भएका प्रहरी निरीक्षक विकास बमले तृतीय स्थान हात पारेका छन् ।

गत वैशाख ३ गतेबाट राजधानीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सुरु भएको तालिममा सहभागी १३६ प्रहरी निरीक्षकमध्ये बमले तृतीय स्थान हात पारेका हुन् ।

बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १५८ औं समुहको दीक्षान्त समारोहमा तालिममा तृतीय भएका प्रहरी निरीक्षक बमलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पुरस्कृत गरे । गृहमन्त्रीबाट पुरस्कार ग्रहण गर्दै उनले आफूलाई जनताको सेवामा समपर्ण गर्न बल प्रदान गरेको बताए ।

प्रहरी निरीक्षक बम कञ्चनपुरको कृष्णपुर–१ बंकका बासिन्दा हुन् । हाल उनी रोल्पामा कार्यरत छन् ।

यो पनि पढ्नुस्ः

प्रहरी निरीक्षक आधारभूत तालिम १५८ औँ समूहको दीक्षान्त समारोह सम्पन्न