१ कार्तिक २०८३, शनिबार

अब मोबाइलको मूल्य एसएमएसबाटै थाहा पाउनुहोस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । मोबाइलको सहि मूल्य अब एसएमएसबाटै थाहा पाउन सकिने भएको छ ।

नेपालको सबैभन्दा ठूलो मोबाइल हबकोरुपमा स्थापना भएको ललितपुरस्थित संचयकोष भवन, लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखेर एसएमएस सेवा संचालनमा ल्याएको हो ।

यो सेवाबाट ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको बारेमा मूल्यसहितको जानकारी थाहा पाउन मेसेज बक्समा मोबाइलको ब्राण्ड नेमको पहिलो तीन अक्षर टाइप गरी स्पेस(खाली ठाउँ) र मोडल नम्बर टाइप गरी ३२३३ मा एसएमएस गर्नुपर्ने हुन्छ । (उदाहरणको लागि सामसुंगको जे सेभेन मोडलको बारेमा जानकारी लिनपरेमा क्ब्ः व्ठ टाइप गरेर ३२३३ मा पठाउनुपर्नेछ) । कुनै पनि मोबाइल खरिदकर्ताले आफ्नो फोनबाट ३२३३ मा एसएमएस गरी विभिन्न ब्राण्ड र मोडलका मोबाइल फोनहरुको बारेमा जानकारी, फीचर, खरिद मूल्य लगायतका विषयहरु थाहा पाउन सक्नेछन् ।

ग्राहकहरुले आफ्नो चाहना अनुसारको मोबाइल ब्राण्डको नाम र मोडल नम्बर मेसेज बक्समा टाइप गरेर ३२३३ मा पठाएमा तत्काल त्यसको सम्पूर्ण जानकारी ग्राहकहरुको मोबाइल नम्बरमा प्राप्त हुनेछ ।

SMS Service

कम्प्लेक्सले मोबाइल व्यवसायको क्षेत्रमा नविनतम प्रयोगलाई अबलम्बन गर्ने र ग्राहकहरुलाई अधिकतम सुविधा दिने उदेश्य लिएको छ । हाल मोबाइल खरिद गर्न विभिन्न पसल तथा बजार धाउनुपर्ने, आफ्नो रोजाईको ब्राण्ड र मोबाइलको बारेमा जानकारी लिन र मूल्य थाहा पाउन घण्टौं समय खर्च गर्नुपर्ने बाध्यतालाई हटाउने उदेश्यका साथ एसएमएस सेवा संचालन गरिएको हो ।

कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार मोबाइल खरिदकर्तालाई हातमा नै सम्पूर्ण जानकारी दिने उदेश्यका साथ यो सेवा शुरु गरिएको हो । ‘अहिले कुनैपनि मोबाइलको बजारैपिच्छे फरक फरक मूल्य हुने र त्यसबाट ग्राहकहरु ठगिने गरेका छन्,’ उनले भने– ‘अब एसएमएस सेवामा जहाँसुकैबाट आफ्नो चाहनाअनुसारको मोबाइलको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने हुँदा ग्राहकहरुलाई सहि जानकारी हुनेछ ।’

त्यसैगरी कम्प्लेक्सले मोबाइल सर्भिस सेन्टरलाई थप व्यवस्थित गर्दै मोबाइलको समस्या समाधान गरीसकेपछि फोनबाट नै जानकारी दिने सुविधा पनि संचालन गरेको छ । यो सुविधा अन्तरगत ग्राहकहरुले आफ्नो फोन बनेको र लिन आउने मितिको बारेमा जानकारी पाउन सक्दछन् । त्यसको लागि ग्राहकहरुले सर्भिस सेन्टरमा आफ्नो नाम र मोबाइल नम्बरसहितको जानकारी फर्म भर्नुपर्ने हुन्छ । कम्प्लेक्सले नेपालकै सबैभन्दा ठूलो र हरेक प्रकारका मोबाइलको समस्या समाधान गर्ने सर्भिस सेन्टर संचालन गर्दै आएको छ । यो सर्भिस सेन्टरमा कतै पनि बनाउन नसकिएका फोनहरु पनि बनाउन सकिने सुविधा उपलब्ध गराएको छ ।

कम्प्लेक्सले नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुम ललितपुरस्थित संचयकोष भवन, लगनखेलमा संचालन गरिरहेको छ, जहाँ ४ हजारदेखि ५ हजार ग्राहकहरुले एकै पटक फोन खरिद गर्न तथा मोबाइलको सर्भिस प्रयोग गर्न सक्दछन् ।