३० आश्विन २०८३, शुक्रबार

दसैँका लागि नयाँ नोट आयो, बाईस हजारसम्म साट्न पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Rastriya_Bankकाठमाडौं, १३ असोज । नेपाल राष्ट्र बैँकले हिन्दूहरुको महान चाढ दसैँका लागि आवश्यक पर्ने नयाँ नोट असोज अन्तिम सातादेखि उपलब्ध गराउने भएको छ ।

राष्ट्र बैँकले असोज २४ गतेबाट नयाँ नोट सटही सुरु गर्ने जनाएको छ । सर्वसाधारणका लागि राष्ट्र बैँकले काठमाडौंको थापाथली कार्यालय र क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही सुविधा दिने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने असोज १८ गतेदेखि वालुवाटार कार्यालयबाट नोट सटही सुविधा दिनेछ ।
प्रत्येक व्यक्तिले २२ हजार रुपियाँ बराबरको नयाँ नोट सटही सुविधा पाउने छन् ।

एक जना व्यक्तिले पाँच रुपियाँ दरको दुई प्याकेट, १० रुपियाँ दरको दुई प्याकेट, २० रुपियाँ दरको दुई प्याकेट, ५० रुपियाँ दरको एक प्याकेट र १०० रुपियाँ दरको एक प्याकेट नोट सटही सुविधा पाउने छन् ।

राष्ट्र बैंकले नेपाली सेना, प्रहरी, कर्मचारीका लागि छुट्टै काउन्टरको व्यवस्था मिलाएको छ । उनीहरुले असोज २४ देखि कात्तिक २ गतेसम्म यो सुविधा पाउने छन् ।

कर्मचारीका लागि राष्ट्र बैंकले आफूले काम गरेको सम्बन्धित कार्यालयको पत्र ल्याएर औचित्यका आधारमा नयाँ नोट सटही सुविधा दिनेछ ।