१० कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चाका कार्यकर्ताद्धारा एम्बुलेन्समा तोडफोड, चालकमाथि आक्रमण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ambulanceपथरी (मोरङ), १३ असोज । आन्दोलनरत मधेसवादी दलका कार्यकर्ताले आज एक एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि आक्रमण गरी घाइते बनाएका छन् ।

मोरङको सोराभाग गाविस–३ कर्सिया बजारस्थित रङ्गेली विराटनगर सडकखण्डमा रङ्गेली बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स करिब २० जनाको समूहमा आएका आन्दोलनकारीले तोडफोड गर्दै चालक सन्तोष चौधरीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी दिनुभयो ।

घाइते चालकको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । चालक चौधरीले आक्रमणमा संलग्नमध्ये विजय मण्डल र सन्तोष राजवंशीलाई आफूले चिनेको जानकारी दिनुभएको छ । रासस