काठमाडौँ, १३ असोज । बन्धक बनाई धनमाल लुटपाट गर्ने गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटी बस्ने सिन्धुपाल्चोक ठुलो धादिङ–८ घर भएका ४१ बर्षीय माईला भन्ने सोम बहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ ।
लामाले गत भदौ २९ गते भक्तपुर नगरपालिका–२ बस्ने चण्डेश्वरी फर्निचर संचालक ३६ बर्षीय हरिकृष्ण सिन्ताकलाई आँखामा कपडाले बाँधी बन्धक बनाएर साथमा भएको नगद ४५ हजार रुपैया सहित करिब ३ लाख १६ हजार ६ सय रुपैया बराबरको धनमाल लुटपाट गरेका थिए ।
अभियुक्तले भदौ ३० गते विहान कोही कसैलाई र प्रहरीमा समेत जानकारी नगराउने र गराएमा ज्यान मार्ने धम्की दिई सिन्ताकलाई छाडेका थिए ।
प्रहरीले लामाबाट बा.२९ प ९५१२ नम्वरको मोटरसाइकल १ थान (हाल नक्कली प्लेट बा.३० प ९८३२), फर्निचरहरु समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया