१० कार्तिक २०८३, मंगलबार

संविधान बन्यो अब कार्यान्वयन गरौंः नेम्वाङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash-Nembang-zगजुरी (धादिङ), १३ असोज । सभामुख सुवासचन्द्र नेम्बाङले संविधान जारी गर्न जति चुनौतीपूर्ण रहेको अवस्था थियो । अहिले यसको सफल कार्यान्वयन नै सबैभन्दा ठूलो चनौती रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ धादिङको नवनिर्मित भवनको उद्घाटन तथा पाँचौँ साधारणसभाको उद्घाटन गर्दै सभामुुख नेम्बाङले संविधान जारी भएपछि यसको सफल कार्यान्वयनतर्फ सबै नेपाली लाग्नु अबको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

संविधानमा मधेसी, जनजाति, दलित थारु आदिको समर्थन नभएको भन्ने हल्ला चलिरहेका बेला सभामुख नेम्बाङले संविधानमा हस्ताक्षर गर्ने ५३७ सभासद्मध्ये महिला १५४, जनजाति १६९, थारु २३, मधेसी ९१, दलित ३६, मुस्लिम चार जनाले हस्ताक्षर गरेकाले यो समावेशी र सबैको प्रतिनिधिले निर्माण गरेको संविधान रहेको दाबी गर्नुभयो ।

सो अवसरमा संविधान जारी गर्न सफलता हासिल गरेको भन्दै महासङ्घले सभामुख नेम्बाङलाई नागरिक अभिनन्दन तथा सभासद्हरु राजेन्द्रप्रसाद पाण्डे, गङ्गालाल तुलाधर, गुरुप्रसाद बुर्लाकोटी, धनबहादुर घले, दिलमान पाख्रिन, परशुराम तामाङ, रवीन्द्रप्रताप शाहलाई संविधान लेखेर जारी गर्न सफल भएकाले सम्मान गरेको थियो ।

नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभामुख नेम्बाङले नवनिर्मित पत्रकार भवनको उद्घाटन गर्नुभएको थियो । रासस