काठमाडौं, १३ असोज । भारतको अघोषित नाकाबन्दीको कारण देखाउँदै सरकारले निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने निर्णय गरेको छ ।
कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुनर्बिचार गर्न बुधबार गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायको संयुक्त बैठकले बिहीबारदेखि लागू हुनेगरी निजी सवारीलाई तेल नदिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।
सरकारी निर्णयअनुसार अत्यावश्यक समान ढुवानी गर्ने बाहेक ट्रक र ट्रिपरले समेत अब नाकाबन्दी नखुञ्जेल तेल नपाउने भएका छन् ।
प्रवक्ता ढकालका अनुसार अब यात्रु बोक्ने सार्वजनिक गाडी र अत्यावश्यक सेवाका सवारीलाई मात्र तेल वितरण गरिने छ । यी बाहेकका कुनै सवारी साधनले पनि अब तेल खरिद गर्न पाउने छैनन् ।
नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतले हप्ता दिनदेखि अघोषित नाकाबन्दी गर्दै आएको छ ।












प्रतिक्रिया