१ कार्तिक २०८३, शनिबार

कालोबजारी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaम्याग्दी, १३ असोज । बजारमा कालोबजारी बढेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन म्याग्दीले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

बजारमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र दैनिक उपभोग्य सामग्रीमा कृत्रिम अभाव सिर्जना गरी सर्वसाधारणलाई ठगी गर्ने क्रम बढेको भन्दै अनेरास्ववियुले आज प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

तराई क्षेत्रमा भइरहेको आन्दोलनलाई देखाएर स्थानीयस्तरमा कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियुका अध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।

भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको अवस्थामा स्थानीयस्तरमा भएका वस्तु तथा सामग्री पनि लुकाएर बढी मूल्यमा बिक्री गर्नु गैरकानुनी भएकाले तत्काल अनुगमनका लागि सक्रियता देखाउन अनेरास्ववियुले आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ पाठकले जिल्लामा भित्रिएको पेट्रोलियम पदार्थलाई सहजरुपमा वितरण गर्न लगाउने प्रतिबद्धता जनाउँदै ग्यास र खाद्यान्नलगायतका सामग्रीमा कृत्रिम अभाव सिर्जना गरेको सम्बन्धमा अनुगमन गर्ने जानकारी दिनुभयो । रासस