१० कार्तिक २०८३, मंगलबार

दशैका लागि असोज १५ बाट अग्रिम टिकट बुकिङ खोल्ने सरकारको तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-11काठमाडौं, १३ असोज । देशैभरीको बन्द, हड्तालका बाबजुद पनि सरकारले हिन्दू नेपालीहरुको महान चाँड दशै तिहारलाई लक्षित गरी आगामी असोज १५ गतेबाट अग्रिम टिकट बुकिङ खोल्ने तयारी थालेको छ ।

राजधानीबाट दशै मनाउन जाने सर्वसाधारणको सुविधाका लागि असोज १५ वा १६ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुलाउने योजना सरकारले बनाएको हो ।

यसवर्ष दशै कात्र्तिक पहिलो हप्ता परेको छ । राजधानीमा शिक्षा तथा रोजगारीका लागि आएका सर्वसाधारण दशै मनाउन अहिले घर फर्किने तरखरमा छन् । तर, देशभरका विभिन्न स्थानमा भइरहेको बन्दले अग्रिम टिकट बुकिङ खुल्न यसवर्ष केही ढिला भएको हो ।

त्यसको बाबजुद पनि सरकारले सबै परिस्थिति सामान्य बनाएर यसैहप्ता भित्र बुकिङ खुल्ने तयारी थालेको हो । यातायात व्यवस्था विभागका अनुसार असोज १५ गते शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खोल्ने सरकारको योजना छ ।

विभागका प्रवक्ता बसन्त अधिकारीले असोज १५ वा १६ गतेदेखि बुकिङ खुलाउन आफूहरुले गृहकार्य गरिरहेको बताए । ‘अहिले परिस्थती असहज छ, तैपनि टिकट बुकिङ खुलाउन प्रयत्न जारी छ । यातायात व्यवसायहरुसँग सल्लाह गरेर निर्णय लिन्छौं ।’

अधिकारीले यातायात ब्यवसायीसँग पनि बुकिङ खुलाउने विषयमा छलफल चलिरहेको जानकारी दिए । यता यातायात व्यवसायीहरुले भने सरकारले सुरक्षाको ग्यारेण्टी दिए भोलीदेखि नै टिकट बुकिङ खुलाउन सकिने जनाएका छन् ।