
– सुदीप अधिकारी
बर्दिया, १३ असोज । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा बर्दियाका विद्यार्थी सडकमा उत्रेका छन् ।
भारतले गरेका नाकाबन्दीको विरोधमा स्वस्फूर्तरुपमा बिहीबार सडकमा उत्रेका विद्यार्थीहरुले भारतको मोदी सरकारका विरुद्ध नाराबाजी गरे ।
भारतले नेपालको आन्तरिक मामीलामा हस्तक्षेप गरेर अघोषित नाकाबन्दी गरेको भन्दै यसको विरोधमा जिल्लाको भुरिगाउँ बजारमा यहाँका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत जलाए ।
विद्यार्थीहरुले नाराबाजी गर्दै भुरिगाउँ बजार परिक्रमा गरेका थिए । सयौँको संख्यामा रहेका विद्यार्थीहरुले भारत विरुद्ध नाराबाजी गरेका थिए ।
पुत्ला दहन गर्न प्रहरीले रोक लगाएपनि प्रहरीलाई झुक्काएर विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्दा दहन गरेका थिए । पुत्ला दहन गरे लगत्तै प्रहरीले पुत्ला निभाएको थियो । पुत्ला दहन पछिको कोणसभामा अनेरास्ववियूका उपाध्यक्ष महेन्द्र पंगेनीले भारतको हेपाहा प्रवृती विरुद्ध विद्यार्थीहरु एकजुट भएर लाग्नु पर्ने बताए ।


















प्रतिक्रिया