१० कार्तिक २०८३, मंगलबार

फेसबुकमार्फत पेट्रोल कालोबजारी गर्न खोज्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-pumpकाठमाडौँ, १२ असोज । फेसबुक प्रोफाइलमार्फत पेट्रोलको कालोबजारी गर्न खोज्ने अख्तर अलीलाई प्रहरीले दाङबाट आज पक्राउ गरेको छ ।

दाङ भालुबाङका अलीले सामाजिक सञ्जालमा ‘मसँग रु १६५ प्रतिलि मूल्यको पेट्रोल छ, अति आवश्यक हुनेले मलाई खबर गर्नू’ भन्ने भावको सूचना राखी कालोबजारी गर्न लागेको उजुरी प्राप्त भएपछि उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

खुकुरी प्रहार
काठमाडौँ महानगरपालिका–१६ माछापोखरीका सुदीप रिजाल र नरेश बोहरा खुकुरी प्रहारबाट आज घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका–१६ वसन्तनगरमा हिँडिरहेको अवस्थामा उनीहरुलाई कुश, शोभित र विज्ञान भनिने व्यक्तिले खुकुरी प्रहार गरेको बताइएको छ । घाइतेको अवस्था सामान्य रहेको र अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस