काठमाडौं, १२ असोज । संविधानमा थारु र मधेसी समुदायका अधिकार सम्बोधनको माग राख्दै आन्दोलन गरिरहेको विजय गच्छदार नेृतत्वको संयुक्त मधेसी मोर्चासँग वार्ता गर्न सरकारी टोली सिंहदरबार पुगेको छ ।
सिंहदरबारमा अहिले गच्छदार मोर्चा र सरकारी टोलीबीच वार्ता सुरु भएको छ । वार्तामा मधेस आन्दोलन थारु समुदायका माग सम्बोधनका विषयमा छलफल हुने सरकारी वार्ता टोलीका संयोजक वनमन्त्री महेश आचार्यले जानकारी दिनुभयो ।
थारु र मधेसीका माग सम्बोधन गर्न सोमबार मात्रै प्रमुख तीनको बालुवाटार बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
वार्ता टोलीमा कांग्रेसबाट वनमन्त्री महेश आचार्य, एमालेबाट प्रमुख सचेतक अग्नी खरेल र एमाओवादीबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । वार्ता टोलीले हिजोबाट असन्तुष्ट पक्षसँग वार्ता थालेको थियो ।
















प्रतिक्रिया