
– तिर्थ जैसी
लम्की, १२ असोज । कैलालीको लम्कीचुहा नगरपालिकास्थित बलिया बजारमा थरुहट थारुवान संघर्ष समितिले विरोध सभा आयोजना गरेको छ ।
संयुक्त थरुहट थारुवान संघर्ष समिति क्षेत्र नं. २ का संयोजक देशराम चौधरीको सभापतित्वमा जारी कार्यक्रमका प्रमुख अतिथी थारुहट तराई पाटीका केन्द्रीय अध्यक्ष भानुराम चौधरी रहेका थिए ।
‘तिन दलले ल्याएको कालो संविधाना मान्दैनौं, थारुवान थरुहट प्रदेश छोड्दैनौं’ भन्ने मुल नाराका साथ भईरहेको विरोध सभामा अहिले थारु अगुवाहरुले मन्तव्य राखेका थिए ।

















प्रतिक्रिया