१ कार्तिक २०८३, शनिबार

बागलुङ कालिकाको पूजा ठेक्कामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baglung-kalika-temple

बागलुङ, ९ असार । बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरको पूजा व्यवस्थापनका लागि रु ४१ लाख ११ हजारमा ठेक्का प्रदान गरिएको छ ।

आउँदो आर्थिक वर्ष २०७१/०७२ का लागि मन्दिरको सम्पूर्ण पूजाआजाको काम ठेक्कामा दिइएको हो । ठेकेदार अनिन्द्र खड्काले पूजाको ठेक्का लिएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

गत वर्षको तुलनामा यो वर्ष ठेक्काको रकम वृद्धि भएको गुठी समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । मन्दिरमा हुने दैनिक पूजाआजा व्यवस्थापन गर्ने गरी ठेक्का प्रदान गर्ने गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । ठेकेदारबाट एकमुष्ट रकम गुठीलाई प्रदान हुने गरेको छ ।

उक्त रकममध्ये १० प्रतिशत रकम गुठी संस्थानमा जाने र बाँकी रकम गुठीको आन्तरिक कोषमा जम्मा हुने गर्दछ । ठेक्काको दुई प्रतिशत रकम ठेकेदारले कर तिर्ने गरेका छन् ।

मन्दिरमा भक्तजनले चढाउने भेटी नै मन्दिरको मुख्य आम्दानीको स्रोत हो । दैनिक चढ्ने भेटी, दान, राँगो, बोका र कुखुराको मुढ (टाउको), फलफूल, चामललगायतका पूजा सामग्रीबाट आउने रकमबाट ठेक्का चल्ने गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

त्यस्तै मन्दिरमा रहेका परेवा पनि ठेकेदारकै मातहात रहने र परेवाको बिक्रीबाट आउने रकम ठेक्काभित्रै पर्ने उहाँको भनाइ छ । त्यसबाहेक ठूलो मात्रामा चढ्ने भेटी, सहयोग रकम, बहुमूल्य धातुलगायतका वस्तु भने गुठी समितिमार्फत प्रदान गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

वर्षौंदेखि मन्दिरले पूजाआजा ठेक्कामा प्रदान गर्दै आएको छ । नित्य पूजाआजाका लागि पुजारी, सहयोगीलगायतको व्यवस्था ठेकेदारले नै गरेका छन् । मन्दिरको सरसफाइ, रेखदेखजस्ता कार्यमा पनि ठेक्कावालाले सघाउ पु¥याउँदै आएका छन् ।

बडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्ने यस मन्दिरमा बाह्रै महिना पूजाआजा हुने गर्दछ ।