२१ कार्तिक २०८३, शनिबार

पार्टी छाडेर मधेस छिरेका बाबुरामलाई मधेसी युवाहरुले जनकपुरबाट लखेटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattarai (1)काठमाडौं, १२ असोज । एमाओवादी पार्टी परित्याग गरी मधेस छिरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई जनकपुरबाट लखेटिएको छ ।

मंगलबार जनकपुरको गोपाल धर्मशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न विहान ११ बजे जनकपुर विमानस्थलमा उत्रिएका बाबुरामलाई स्थानीय मधेसी युवाहरुले कार्यक्रम स्थलबाट लखेटेका हुन् । जनकपुरस्थित गोपाल धर्मशालामा बाबुरामका लागि तयार गरिएको मञ्च समेत उनीहरुले जलाएका छन् ।

उनीहरुले बाबुरामलाई कार्यक्रमस्थल पुग्नै नदिएर बाटैबाट लखेटेको स्थानीय प्रहरीले जनाएको छ । मधेसी युवाहरुले बाबुरामलाई बोलाएको विरोधमा गोपाल धर्मशालाको मञ्च भत्काएपछि केही बेर झडप समेत भएको थियो ।

स्थानीय प्रहरीका अनुसार कडा सुरक्षा घेरामा बाहिर निकालेर अहिले बाबुरामलाई यात्री निवासमा राखिएको छ । रामचन्‍द्र झा, रामकुमार शर्मालगायतका नेताहरुलाई धर्मशालाभित्रै थुनिएका छन् । प्रभु शाहलगायतलाई पनि मधेसी युवाहरुले पनि कार्यक्रमस्थलबाट लखेटेका छन् । अहिले गोपाल धर्मशालाको स्थिति तनावपूर्ण छ ।