१ कार्तिक २०८३, शनिबार

काठमाडौं क्षेत्र नम्बर २ मा कांग्रेसका कुइँकेल विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-kuikel

काठमाडौँ, ९ असार । संविधानसभा उपनिर्वाचन अन्र्तगत काठमाडौ क्षेत्र नम्वर २ बाट नेपाली काँगेसका दीपक कुईंकेल विजयी हुनुभएको छ ।

गत मंसिर ४ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काँग्रेसका प्रतिष्पर्धी प्रतिमा गौतम भन्दा ९ हजार भन्दा मत ल्याएर विजयी हुनुभएको थियो । यसपटक परिणाम उल्टिएको हो । मतगणना अनुसार कुईकेल निकटतम प्रतिष्पर्धी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ भन्दा झण्डै ४ हजार ५ सय मतअन्तरले बिजयी हुनुभएको छ ।

निर्वाचन आयोगले आधिकारिक रुपमा परिणाम घोषणा गरी सकेको छैन । गणनामा बसेका काँग्रेस कार्यकर्ताका अनुसार कुईंकेलले १८ हजार ६ सय ७२ मत प्राप्त गर्नुभएको छ भने एमालेका श्रेष्ठले १४ हजार १ सय ५७ मत ल्याउनुभएको छ । अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहेका एकीकृत माओवादीका लिलामणि पोखरेलले ४ हजार ७ सय २७ मत प्राप्त गर्नुभएको छ ।

हिजै उपनिर्वाचन भएका चितवन ४ र कैलाली ६ मा नेपाली कंग्रेस एवं वर्दिया १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उपनिर्वाचनबाट एमालेलाई एक सिट घाटा लागेको छ भने कंग्रेसलाइ फाइदा भएको छ । चितवन क्षेत्र नम्वर ४ मा कंग्रेसका रामकृष्ण घिमिरे, कैलाली क्षेत्र नम्बर ६ मा काँग्रेसकै पुष्करनाथ ओझा र बर्दिया १ मा एमालेका श्यामप्रसाद ढकाल विजयी हुनुभएको हो । वर्दियामा अघिल्लो पटक एमालेका वामदेव गौतम बिजयी हुनुभएको थियो ।