जनकपुर, १२ असोज । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्न जनकपुरमा आयोजना गरिएको कार्यक्रम विथोलिएको छ ।
जनकपुरस्थित गोपाल धर्मशालामा आज दिउँसो बाबुरामले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर, कार्यक्रममा बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मञ्च भत्काएर कार्यक्रम बिथोलिदिइएका हुन् ।

कार्यक्रममा बाबुरामलाई बोलाएको भन्दै मधेसी युवाहरुले कार्यक्रमका अगुवा तथा एमाओवादीका मधेसी नेता रामचन्द्र झामाथि हातपात गरेका छन् । रामचन्द्रमाथि हातपात भएपछि एमाओवाद सभासद प्रभु शाह पनि कार्यक्रमस्थलबाट बाहिरिएका छन् । दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रममा अहिले तनावपूर्ण अवस्था छ ।
बाबुरामको विरोधमा उत्रेका मधेसी युवाहरुले कार्यक्रम स्थलमा जम्मा भएर अहिले विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले बाबुरामलाई बोल्न दिनु हुँदैन भन्दै उनलाई फिर्ता पठाउन माग गरेका छन् ।












प्रतिक्रिया