१० कार्तिक २०८३, मंगलबार

नाकाबन्दीका कारण पढ्न पाएनन् विद्यार्थीले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असोज । भारतीय सीमाबाट पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोधका कारण काठमाडौँ उपत्यकाका निजी तथा आवासीय विद्यालयसमेत प्रभावित भएका छन् ।

तराई मधेसमा जारी आन्दोलन र भारतीय सीमामा भएको अवरोधबाट पेट्रोलियम पदार्थको अभाव सिर्जना भई सीमित सवारीसाधन मात्र सञ्चालनमा आएका छन् । सवारीसाधन हुने ठूला विद्यालयका गाडी पेट्रोलका लाइन लाग्न थालेका छन् भने सार्वजनिक साधनमा आउने विद्यार्थीको यात्रा कष्टकर हुन थालेको छ । कतिपय विद्यालयले विद्यार्थी समयमा घर पुगून् भनेर एक घन्टाअगाडि बिदा दिने समेत गर्न थालेका छन् ।

schoolउच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रमेश सिलवालले विद्यालयका प्रतिसवारीसाधनलाई २० लिटरका दरले पेट्रोलियम पदार्थ दिने भनिए पनि कहाँबाट कहिले दिइने भन्ने स्पष्ट नभएको बताउनुभयो । उहाँले आफूहरुले विद्यालयलाई निश्चित पम्पबाट तेल भराउने व्यवस्थाका लागि गृह मन्त्रालयमा आग्रह गरेको जनाउनुभयो ।

राष्ट्रिय, निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले स्थिति नाजुक भएपनि सक्दासम्म विद्यालय सञ्चालन गर्ने तर यस्तै स्थिति लम्बिएमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । रासस