१० कार्तिक २०८३, मंगलबार

पचास सिलिन्डर ग्यास लुटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gasगौशाला, १२ असोज । महोत्तरी जिल्लाको सम्सी रघुनाथपुर सडकखण्डमा सोमबार अबेर साँझ एक व्यापारीको ५० वटा ग्यास सिलिन्डर लुटिएको छ ।

जिल्लाको पश्चिमी सीमा नाकामा अवस्थित सम्सी बजारमा खाना पकाउने एलपी ग्यासको व्यापार गरी बसेका सम्सी गाविस–७ बस्ने रामदेव यादवको ५० वटा ग्यास सिलिन्डर युवाको एक समूहले आफूलाई आन्दोलनकारी भन्दै लुटेको पीडितले बताएका छन् ।

पीडित ग्यास व्यवसायी यादवले आफ्नो ग्यास रघुनाथपुरवासीले लुटेको आरोप लगाएका छन् तर उनले कसैलाई पनि आफूले नचिनेको बताएका छन् ।

मधेसमा अनिश्चितकालीन आम हडताल चलिरहेका बेला छिमेकी जिल्ला सर्लाहीको लालबन्दी बजारबाट ज१त ४७११ नम्बरको ट्याक्टरमा ५० वटा ग्यास सिलिन्डर ल्याउँदै गरेको यादवको सबै ग्यास लुटिएको सोही ठाउँमा सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले जनाएको छ । रासस