काठमाडौं, १२ असोज । मधेस आन्दोलनमा घुसेर तोडफोडमा संलग्न भएवाफत पैसा पाइने गरेको आन्दोलनका क्रममा पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान दिएको स्रोतले जनाएको छ ।
उच्च सुरक्षा स्रोतका अनुसार हिंसा भड्काएको आरोपमा पक्राउ परेका आन्दोलनकारीले आफूहरूलाई दैनिक एक हजार र मासुभात खान दिने सर्तमा ल्याएको बयान प्रहरीमा दिएका छन् ।
‘मधेस आन्दोलनमा घुसपैठ गरेर तोडफोड गर्ने, भीडलाई भड्काउने, प्रहरीमाथि आक्रमण गर्नेलगायतका कार्य गरेवाफत रकम दिने भनिएको छ’, बयानका क्रममा पक्राउ परेका आन्दोलनकारीले भनेको स्रोतको भनाइ छ ।
ती आन्दोलनकारीले घुसपैठ गरेर आन्दोलन भड्काउँदा सर्वसाधारण नागरिकको ज्यान जानुका साथै सुरक्षाकर्मीको समेत ज्यान गइसकेको छ । स्वयं थुप्रै आन्दोलनकारीको पनि मृत्यु भएको छ ।
यसैबीच, मधेसी मोर्चाले हुलाकी सडकमा गर्ने भनिएको मावन साङ्लोका लागि वीस करोड खर्च गर्न लागेको बुझिएको छ । त्यसकालागि मधेसी मोर्चाले रकम जुटाइ सकेको स्रोतले जनाएको छ ।
आन्दोलनमा मान्छे आउन मन नगरेपछि रकम तिरेरै भए पनि ल्याउन थालिएको सुरक्षा स्रोतको भनाइ छ ।















प्रतिक्रिया