१० कार्तिक २०८३, मंगलबार

गुडिरहेको यात्रु बसमा पेट्रोल छर्केर आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

धनगढी, ११ असोज । कैलालीको हसुलियाबाट धनगढीतर्फ आउँदै गरेको से१ख १०१७ नम्बरको कर्णाली रिभर यातायातको यात्रु बसमा धनगढी नगर क्षेत्रको बेलीको जङ्गलमा आज अपराह्न आगजनी गरिएको छ ।

चार/पाँज जनाको अज्ञात समूहले गुडिरहेको बसलाई ढुङ्गाप्रहार गर्दै जङ्गलमा रोकेर पट्रोल छर्की आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगजनीबाट बसमा ठूलो क्षति भएको छ । यात्रु सवार रहेको अवस्थामा बसमा आगजनी गरिएको भएपनि आगो लाग्नासाथ सबै यात्रु बाहिर निस्केकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन् ।

बसमा लागेको आगो धनगढी नगरपालिकाको वारुणयन्त्र र प्रहरीको संयुक्त प्रयासमा साँझ नियन्त्रणमा लिइएको छ । कैलाली जिल्लामा केही दिनदेखि शृङ्खलाबद्ध रुपमा गाविस कार्यालय र यातायातका साधनमा तोडफोड र आगजनी गर्ने घटना बढ्दै गएको भएपनि ती घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । रासस