२१ कार्तिक २०८३, शनिबार

भारतले नेपालसँग साम्प्रदायिक युद्धको सुरुवात गर्‍यो, अब हामी पछि हट्नुहुन्न्ः बिजुक्छे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

भक्तपुर, ११ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपालसँग साम्प्रदायिक युद्धको सुरुवात गरेको बताउनुभएको छ ।

नेपाल क्रान्तिकारी युवा सङ्घले आयोजना गरेको उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय फुटसल प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार दिँदै उहाँले भारतले नेपालसँग साम्प्रदायिक र जातीय भड्काउ युद्ध सुरु गरेको बताउनुभएको हो ।

“भारतले नेपालका समुदायलाई भड्काएर साम्प्रदायिक युद्ध सुरु गरेको छ”, बिजुक्छेले भन्नुभयो -“भारत आफैँले विरोध नगरी नेपालका तराईवासीलाई उचालेर विरोध गराएको छ, भारतले अघोषित नाकाबन्दी गरेर शत्रुताको घोषणा गरेको छ ।”

नेपाल सरकारले भारतको मात्रै भर नपरेर चिनियाँ नाका पनि खोल्नका लागि चासो दिनुपर्नेमा जोड दिँदै उहाँले तत्काल चीनबाट पेट्रोलियम पदार्थ र बङ्गलादेशबाट ग्यास ल्याउने काम सुरु गर्नुपर्ने बताउनुभयो । रासस