२१ कार्तिक २०८३, शनिबार

बेलहिया-सुनौली नाकामा स्थानीयको प्रतिकार, धर्ना छाडेर मधेसी नेता भारत पसे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, ११ असोज । लामो समयको बन्दबाट आजीत भएका स्थानीयले प्रतिबाद गरेपछि बेलहिया सुनौली नाका खुलेको छ ।

मुलुकको दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार नाका बन्द गर्ने ध्ययेले विगत ४ दिनदेखी संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्ताले दशगजा क्षेत्रमा प्रदर्शन गरिरहेका थिए । उनीहरुको प्रदर्शनको कारण भारततर्फबाट कुनैपनि मालबाहक सवारी साधन र अन्य कुनैपनि साधन नेपाल भित्रीएको थिएन ।

जसको कारण सीमावर्ती नेपाल तर्फ उपभोग्य सामग्री र पेट्रोलियम सामग्रीको त अभाव भईरहेको छ नै त्यसको प्रत्यक्ष असर भारततर्फ पनि परिरहेको छ । भारतीय बाटो प्रयोग गदै दशगजामा गएर नेपालतर्फ आउने सवारी साधन छेकीरहेका मोर्चाको विरोधमा सोमबार विहान बेलहियाका स्थानीयले प्रदर्शन गरेका थिए ।

Nakabandi Nepal India
फाइल तस्वीर

स्थानीयले नाकाबन्दीको विरोधमा गरेको प्रदर्शनमा सयौं सर्वसाधरणको सहभागिता रहेको बुझिएको छ । स्थानीयको प्रदर्शनको कारण मोर्चाका नेता कार्यकर्ता दशगजा छाडेर गएपछि भारततर्फबाट सवारी साधनहरु निरन्तर नेपालतर्फ आइरहेका छन् ।

यो समाचार तयार पार्दासम्म (दिउंसो १ बजे) भारतबाट नेपालतर्फ ३० वटा मालबाहक ट्रक र अन्य सवारी साधन प्रवेश गरिसकेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जनाए । प्रहरी निरीक्षक रेग्मीका अनुसार अहिले दशगजा क्षेत्रमा कुनैपनि प्रदर्शन र अवरोध छैन । सीमावर्ति भारततर्फ लामबद्ध सयौं मालबाहक ट्रक विना रोकटोक क्रमशः नेपाल भित्रिएको भैरहवा भन्सार कार्यलय प्रमुख लाबण्य ढकालले जनाए ।