१० कार्तिक २०८३, मंगलबार

भारतीय हस्तक्षेपविरुद्ध विप्लव माओवादीको भक्तपुरमा अर्काे काण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chandकाठमाडौं, ११ असोज । भारतीय हस्तक्षेपविरुद्ध एक पछि अर्काे कदम उठाइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी सोमबार भक्तपुरलाई भारतीय चलचित्र मुक्त क्षेत्र घोषणा गरेको छ ।

विप्लव माओवादी भक्तपुरका सेक्रेटरी क्षितिज मल्लले दिएको जानकारी अनुसार सोमबारदेखि लागू हुनेगरी भक्तपुर जिल्लामा भारतीय चलचित्रलाई प्रतिबन्ध लगाइएको हो ।

‘भारतको नाङ्गो हस्तक्षेपविरुद्ध भक्तपुरमा हिन्दी फिल्म, विज्ञापन गीत, टेलिभिजन सबै बन्द तथा प्रतिबन्ध गरिएको छ, आजैका दिनदेखि जिल्लालाई भारतीय चलचित्र मुक्त क्षेत्र घोषणा गरका छौं ।’ सेक्रेटरी मल्लले भने ।

यसअघि आइतबार विप्लव माओवादी देशैभरी भारतीय चलचित्र, भारतीय नम्बर प्लेटमा गाडिलाई नेपालमा प्रवेश गर्न नदिने जनाएको थियो । भने, भारतीय राजदूतावास अगाडि नारा जुलुससहित विरोध प्रदर्शन गरेको थियो ।