२१ कार्तिक २०८३, शनिबार

चिनियाँ नाका खोल्न प्रचण्डको पहल सुरु, चिनियाँ राजदूतसँग लाजिम्पाटमा वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । भारतले नेपालमा नाकाबन्दी लगाएपछि एकीकृत नकेपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनसँग जोडिएका नेपाली नाका खोल्न पहल सुरु गरेका छन् ।

तत्काल नाकाबन्दी खोल्न भारतले आलटाल गरिरहेका बेला प्रचण्डले चिनियाँ राजदूत वु चिन्ताईलाई सोमबार विहान लाजिम्पाटस्थित निवासमा बोलाएर नाका खोल्ने विषयमा छलफल गरेका हुन् ।

Prachanda-china-ambessarचिनियाँ राजदूतसँग भारतको नाकाबन्दी र अहिलेको अवस्थामा चीनको सहयोग बारे छलफल भएको लाजिम्पाट स्रोतले जनाएको छ । साथै तातोपानी, रसुवागढी लगायत नाकाहरु तत्काल खोल्न चीन सरकारले विशेष पहल गर्न प्रचण्डले आग्रह गरेका छन् ।

नेपालीहरुको महान चाड दशैतिहार नजिकिँदै गर्दा भारतको नाकाबन्दी र तराई मधेसको आन्दोलन राज्यलाई नियोजित तरिकाले असहयोग गर्ने गरि भइरहेकाले अहिलेको परिस्थितीमा नेपालको सहयोगमा छिमेकीका नाताले चिनियाँ नाका तत्काल खोल्नुपर्नेमा प्रचण्डको जोड थियो ।

जवाफमा राजदूत वुले रसुवागढी नाका सञ्चालनमै आउन लागेको र तातोपानी नाकालगायत अन्य नाकाहरु तत्काल खोल्न आफूले पहल गर्ने बताएको लाजिम्पाट स्रोतले जनायो ।