२१ कार्तिक २०८३, शनिबार

नेपालले दिएको अठार महिने चुनौति भारतले किन भुल्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nakabandi Nepal Indiaकाठमाडौं, ११ असोज । भारतले नेपालमाथि १८ महिना लगाएको आर्थिक नाकाबन्दी नेपालीले चुनौतिका साथ सामना गरेको भूलेको छ ।

२०४५ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले भारतलाई जोडदार रुपमा चुनौति दिएर भारतीय शासकको मुखमा गतिलै झापड हानेका थिए । त्यो झापड भारतीय पक्षले फेरि भुलेको अनुभूति भइरहेको छ ।

२७ वर्ष ०४५ सालमा नेपालले चीनसँग हतियार ल्याएको भन्दै भारतले आर्थिक नाकाबन्दी लगाएको थियो । तर भारतलाई थाहा थियो । त्यो दुई पक्षीय सम्झौता विपरित थिएन ।

नेपालले पहिला भारतसँग हतियार खरिद गर्न माग गरेको थियो । भारतले हतियार नदिएपछि तत्कालीन राष्ट्रिय पञ्चायतबाट निर्णय गरी चीनसँग हतियार खरिद गरिएको थियो ।

त्यस बेलाका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले पनि भारतले जानिबुझिकन ०४५ सालमा नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको बताउनु हुन्छ । त्यस बेला १८ महिनासम्म नेपालीहरूले भारतको आर्थिक नाकाबन्दीको सामना गरेर भारतलाई गतिलो झापड दिएको पाण्डेले अहिले पनि स्मरण गर्नु भयो ।

पाण्डेले नेपालका केही राजनीतिक दलका नेताहरूको भारतपरस्त प्रवृत्ति र आफ्नो व्यक्तिगत स्वार्थमा लाग्नेहरूका कारण भारतले नेपालमाथि आफ्नो दबदवा राख्ने गरेको बताउनुभयो ।

अहिले २१औँ शताब्दीमा भारतले नेपालले त्यही पूरानै आँखाले हेर्दै आएको छ । टेक्नोलोजीको जमानामा भारतविरुद्ध माहोल बनिरहेको छ । नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेर भारतले लगाएको नाकाबन्दीको विश्वले झलझली हेरेको छ । विश्वको ठूलो प्रजातान्त्रिक मुलुक दावी गर्ने भारत र त्यसका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै यसको ठूलो घाटा हुनेछ । र भएको छ ।

नेपालको संविधान २०७२ लाई भारतीय पक्षबाहेक सबै अन्तिर्राष्ट्रियजगतले स्वागत गरेका छन् । भारतले भने मधेसी केही दल र नेताहरूको आग्रहमा नेपालमा नाकाबन्दी लगाएर नेपालीहरूलाई दुःख दिइरहेको छ ।

नेपालमा भारत र मधेसी दलका नेताहरूविरुद्ध जनमत बनेको छ । यसले नेपालीहरूलाई कदापि बेफाइदा हुने छैन । हो केही समय कठिनाइ भने नेपालीले भोग्नु पर्नेछ ।

माग पूरा गराउन मधेसी नेताहरू भारतीय भूमिमा बसेर मालबाहक सवारी साधनलाई रोक्ने, भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीलाई ढुङ्गामुडा प्रहार गर्ने जस्ता कार्य कदापि स्वीकार्य नहुने अधिकारकर्मीहरूको भनाइ छ ।

भारतले नाकाबन्दी लगायतको सात दिन भइसक्दा पनि नेपालले भारत सामु घुँडा टेकेको छैन । नेपाली पक्षको अडानबाट भारतीय पक्ष डराएको छ । भारतले जे सोँचेको थियो । ठीक उल्टो भइ रहेको छ ।

भारतले अहिले पनि नेपाल र नेपालीलाई त्यही पूरानो आँखाले हेर्ने गर्दा बेफाइदा त्यही ठूलो प्रजातान्त्रिक मुलुकलाई नै भइरहेको छ । हामी नेपालीलाई केही समयको कष्टले केही हुने छैन ।