२१ कार्तिक २०८३, शनिबार

नाकाबन्दीका विषयमा छलफल गर्न तीन दलको बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM-residence-Baluwatarकाठमाडौं, ११ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्था, भारतले लगाएको नाकाबन्दी र अन्य विविध विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

अहिले केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूको बैठकमा भारतले लगाएको अघोषित नाकाबन्दीका विषयमा छलफल हुने बुझिएको छ ।

त्यसै गरी बैठकमा मधेसी मोर्चाले गरेको नाकाबन्दीको कार्यक्रम र नयाँ सरकार गठनका विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।

मुलुक झण्डै दुई महिनादेखि मधेसी दलहरूको आन्दोलनबाट आजित भइरहेका बेला तीन दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।