गाईघाट (उदयपुर), १० असोज । उदयपुरको पहाडी क्षेत्र आँपटार गाविस–१ बस्ने वर्ष २७ की पार्वती राईले आफ्नी चार महिने छोरी सुम्निमा राईको छुरा रोपेर हत्या गरेकी छिन् ।
शनिवार राति उनले छोरीलाई आफूसँगै सुताएपछि छुरा रोपेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताउनुभयो । हत्याको कारण भने थाहा हुन सकेको छैन ।
प्रहरीले आमा पार्वतीलाई नियन्त्रणमा लिएको छ भने शिशुको शव परीक्षणका लागि जिल्ला सदरमुकाम ल्याउने कार्य भइरहेको प्रहरीले बताएको छ । रासस















प्रतिक्रिया