१० कार्तिक २०८३, मंगलबार

नेपाली सुरक्षाकर्मीले लेखेटपछि मधेसी मोर्चाका नेता भारतको शरणमा (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhairahwa sunauli dasgajjama morchako pradasan (3)

– नरेश केसी
भैरहवा, १० असोज । संयुक्त मधेसी मोर्चाको विगत ४७ दिनदेखीको आन्दोलनको रुप फेरिदैं गएको छ ।

पछिल्लो समय मोर्चाले दसगजा केन्द्रित आन्दोलन गरिरहेका छन् । मोर्चाको आन्दोलन पुर्व मेचीदेखी पश्चिम काली सम्मका भारतसंग सीमा जोडिएका सबै मुख्य नाकाको दसगजामा केन्द्रित भईरहेको छ ।

यसैबीच मोर्चाले मुलुककै दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार प्रवेश स्थल भैरहवा (बेलहिया) सुनौली दशगजामा पनि प्रदर्शन गरिरहेको छ । तर अचम्मको कुरा के देखिएको छ भने नेपाल सरकारसंग विभिन्न माग राख्दै आन्दोलन गरेको संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले अहिले भारततर्फ फर्केर नाराबाजी गरिरहेका छन् ।

भारततर्फ फर्केर नेपाल सरकार विरुद्ध चर्का नाराबाजी गरिरहेका मोर्चाले भारतबाट कुनैपनि सवारी साधन नेपाल तर्फ प्रवेश गर्न दिएका छैनन् । मोर्चाका जिल्ला स्तरीय नेता तथा कार्यकर्तागरी करिब ३ सय संख्यामा उपस्थीत सो समुहले दशगजामा बसी नेपाल सरकारविरुद्ध नाराबाजी समेत गरिरहेका छन् ।

दुईदेशीय सन्धि सम्झौता अनुसार दशगजामा कुनैपनि गतिविधी गर्न नपाईने मात्रै होइन सवारी साधन समेत पार्किंग गर्न नपाईने नियम छ । तर मधेसी मोर्चाले खुलेयाम भारतीय सहयोगमा दशगजामा प्रदर्शन गरिरहेको छ । नेपालतर्फको भूभागमा निषेधित क्षेत्र र प्रदर्शन गर्दा प्रहरीले लेखेटेपछि  भारतको सीमावर्ती बाटोको सहारामा प्रदर्शनकारी दशगजामा पुग्ने गरेका छन् । 

हत्यारा सरकार मुर्दाबाद, ८ बूंदे सहमति कार्यन्वयन गर, मधेसी जनता मार्न पाईदैन, सेना फिर्ता गर जस्ता नाराबाजी गर्दै मोर्चाका कार्यकर्ताहरु दिनभर दसगजामा बसिरहेका छन् ।

मोर्चाका नेता कार्यकर्ताले भारत तर्फ फर्केर नेपाल सरकार र ३ दललाई सत्तेसराप गर्दै नाराबाजी गरिरहदा दसगजाको दायांबायां सुरक्षाकर्मी रमीते बनेर बसीरहेका देखिन्छ । दुईदेशीय सन्धि सम्झौताले दसगजामा कुनैपनि गतिविधी गर्न नपाईने मात्रै होइन सवारी साधन समेत पार्किंग गर्न नपाईने नियम छ तर खुल्लेआम भारतीय सहयोगमा दसगजामा प्रदर्शन भईरहदा दुबै देशका सुरक्षा निकाय मुक दर्शक बनेर बसीरहेका छन् ।

दशगजामा प्रदर्शन गर्नको लागि सीमावर्ती भारतीय बाटो हुदैं प्रदर्शनकारी दशगजामा पुग्ने गरेका छन् । नेपाल तर्फको भूभागमा विगत ४१ दिनदेखी निरन्तर निषेधीत क्षेत्र घोषीत गरि कुनैपनि समुहगत गतिविधीमा रोक लगाइएपछि मोर्चाका कार्यकर्ता भारतीय बाटो हुदैं दसगजा सम्म आउने गरेको बुझिएको छ ।

बेलहिया सुनौली दसगजामा भईरहेको प्रदर्शनको नेतृत्व संयुक्त मधेसी मोर्चा सम्बद्ध नेताहरु सद्भावना पार्टिका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष तथा मोर्चाका जिल्ला संयोजक महेन्द्र यादव, संघिय मधेसी मोर्चाका जिल्ला संयोजक देवेन्द्र पाण्डे, अजय बर्मा, सन्तोष पाण्डे लगायतका नेताहरुले गरिरहेका छन् ।

Bhairahwa sunauli dasgajjama morchako pradasan (1) Bhairahwa sunauli dasgajjama morchako pradasan (2)  Bhairahwa sunauli dasgajjama morchako pradasan (4) Bhairahwa sunauli dasgajjama morchako pradasan (5)