
– अनिल खत्री
गुल्मी, १० असोज । भारतीय हस्तक्षेपको विरोधमा विद्यार्थी संगठनले संयुक्त रुपमा बिरोध जुलुसको आयोजना गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।
बिद्यार्थी संगठनले आइतबार सदरमुकाम तम्घासमा बिरोधसभा गर्दै मोदीको पुत्ला जलाएका हुन । संविधान जारी गरिएपछि असन्तुष्ट भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी तथा अन्य राजनीतिक विषयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै अनेरास्ववियु, नेवि संघ, तथा अनेरास्ववियु क्रन्तिकारीले सयुक्त रुपमा भारतीय हस्तक्षेपको विरोध गरेका छन् ।
विद्यार्थीहरुले भारतीय हस्तक्षेप बन्द गर, नेपालको स्वभिमानको रक्षा गरौ, स्वतन्त्र नेपाल जिन्दावाद, नेपालको संविधान अमर रहोस, विद्यार्थी एकता जिन्दावाद लगायतका नारा लगाउँदै तम्घास बजार परिक्रमा गरि लाकुरीमञ्चमा पुगेर कोणसभा गरेका गरेका थिए ।
कोणसभामा बोल्दै अनेरास्ववियुका जिल्ला संयोजक राजेन्द्र विक्रम कुवँरले भारतीय नाङ्गो हस्तक्षेपको बन्द गरि नेपाली स्वभिमानको रक्षा गर्न राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले नेपाल अहिले सम्म कसैको गुलाम नभएको र अब पनि नेपाललाई कसैले गुलाम बनाउन नसक्ने भन्दै भारतीय हस्तक्षेपविरुद्ध सवै नेपाली एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेविसंघ गुल्मीका सभापति सुदर्शन खनाल, अनेरास्ववियु क्रान्तिकारीका कोषाध्यक्ष राजन घिमिरे लगायतले भारतीय हस्तक्षेपको कडा विरोध गर्दै नेपाली स्वभिमानको सम्मान गर्न र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आग्रह गरेका छन् । भारतीय हस्तक्षेपको विरोध कार्यक्रममा उलेख्य संख्यामा विद्यार्थीहरु उपस्थित भएका थिए ।


















प्रतिक्रिया