२१ कार्तिक २०८३, शनिबार

केपी ओलीलाई राजेन्द्र महतोको कडा चुनौति- सक्छौ भने मधेस आएर देखाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Mahatoकाठमाडौं, १० असोज । सदभावना पार्टीका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले तीन दलका शीर्ष नेताहरूलाई मधेस आएर देखाउन चुनौती दिएका छन् ।

आइतबार वीरगन्ज रक्सौल सीमा नाकामा मधेसी मोर्चाको धर्ना कार्यक्रममा बोल्दै महतोले काठमाडौं अर्ती उपदेश दिएर केही नहुने भन्दै मधेसी जनताको भावना बुझ्न आग्रह गरे ।

दुई तिहाइको दम्भमा जारी गरिएको संविधानले मधेस, थारू र जनजातीलाई बाइपास गरेको दावी गर्दै तीन दलका नेताहरू संविधानलाई मधेसमा लागू गराएर देखाउन चुनौती दिएका हुन् ।

‘बोलीको गोली ठोक्ने ओली र तीनै दलका शीर्ष नेताको हिम्मत छ भने मधेस आउन म चुनौती दिन्छु, आएर देखाउ, छैन भने मधेसका आफ्ना सभासदलाई पठाऊ, मधेसी जनता खोजिरहेका छन् ।’