३० आश्विन २०८३, शुक्रबार

मिस प्लस टु-२०१५ को उपाधि आयुषा मानन्धरलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss-plus-2काठमाडौं । बन्दना कलाकेन्द्र काठमाडौंले आयोजना गरेको ‘सिटिभि मोबाइल मिस प्लस टु–२०१५’ उपाधी आयुषा मानन्धरले पहिरिएकी छिन् ।

उपाधीसंगै आयुषाले सिटिभी मोबाइलको तर्फबाट आईफोन ६ पनि उपहार स्वरुप प्राप्त गरेकी छन् । प्रतियोगितामा काजोल शाहीले फस्ट रनर्सअपको उपाधी हात पारेकी छन् भने डिजिना डंगोलले सेकेन्ड रनर्स अप, किर्ति पौडेलले थर्ड रनर्स अप तथा पुजा लामाले फोर्थ रनरअपको ताज पहिरिन सफल भएका छन् । प्रतिस्पर्धामा १२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुलाई वेष्ट स्किन, वेष्ट वाक, मिस पर्सनालिटि, मिस ट्यालेन्ट, मिस डिस्प्लिन, मिस फ्रेण्डसिप आदि एवार्डहरु वितरण गरिएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा प्रमुख निर्णायकका रुपमा प्रायोजक सिटिभि मोबाइलका किसन राई, प्राज्ञ तथा संगीतकार शान्तिराम राई ,सुप्रिया राई, दिपा केसी, निर्जन भण्डारी, सगुन नकर्मी , कुसम बज्रचार्य रहेका थिए ।

कार्यक्रम नेपाल आइडल विक्रम राई, गायक अनिल थुलुङ, दिपा थापा, दिनेश डि.सि. लगायतले गीत प्रस्तुत गरेका थिए भने बन्दना कलाकेन्द्रको कोरीयोग्राफर राइविन्द्रको समुह तथा विभिन्न कलाकारले नृत्य ,इन्टरनेशनल तेक्वान्दो डोजाङ चाबाहिलका खेलाडीहरुको डेमोस्ट्रेसन तथा आकर्षक रोर्बट डान्स समेत प्रस्तुत् गरिएको थियो ।