१० कार्तिक २०८३, मंगलबार

संविधानको खुसियालीमा ओलीलाई संजयको सगरमाथाको ढुङ्गा उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । लामो दुरिका धावक एवं किर्तिमानी विश्व पर्वतारोही संजय पण्डितले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्वकै सर्वोच्च शिखर सगरमाथा एवं अमेरिका महादेशको सर्वोच्च शिखरको ढुङ्गा उपहार स्वरुप प्रदान गरेका छन् ।

भक्तपुरको वालकोटमा आयोजित कार्यक्रममा संजयले नयाँ संविधान बनाउन प्रमुख भुमिका खेलेको भन्दै आफूले ज्यानको आहुती दिएर सर्वोच्च शिखरहरुवाट लिएका ढुङ्गाहरु ऐतिहासिक व्यक्तित्व अध्यक्ष ओलीलाई प्रदान गर्न पाउदा अत्यन्त खुसी व्यक्त गरे ।

sanjayकार्यक्रममा सांसद हिरा बहादुर केसी, राखेप पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना, पुर्व सांसद वीर बहादुर केसी लगाएको उपस्थिती थियो । ढुङ्गा हस्तान्तरण कार्यक्रममा ओलीले संजयको संसारका हिमाल जित्ने अभियानलाई आफुले सदैव सहयोग गर्ने जानकारी गराउनुभयो ।

सात महादेशीय सर्वोच्च शिखरहरुको आरोहणमा रहेका पण्डितको अव अन्तिम यात्रा अन्टार्टिका महादेशको माउण्ट भिन्सन मासिफ रहेको छ । उनी २०१५ को अन्त्यतिर त्यसतर्फ प्रस्थान गर्नेछन् ।