२१ कार्तिक २०८३, शनिबार

भारतलाई एमाले उपाध्यक्ष ज्ञवालीको चेतावनी- नाकाबन्दी नहटाए चुप लागेर बस्दैनौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yoube-raj-gyawali– सुधासुमन ढकाल
दाङ, १० असोज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले भारतले अघोषीत रुपमा नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिने काम गरेको बताएका छन् ।

भारतीयविरुद्ध नेपाली जनताले न आन्दोलन गरेका थिए, न बन्दुक चलाएका थिए किन भारतले नाका बन्दि ग¥यो ? आफू आश्चर्य चकित भएको उनले बताए । रिपोर्टस क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष ज्ञावलीले भारतसंग दाजुभाईदेखि रोजीरोटी र बेटीको सम्बन्ध कायम रहेकाले पनि नाकाबन्दीलाई आफूले आश्चर्यका रुपमा लिएको बताए ।

संसारकै उत्कृष्ट र लोकतान्त्रिक संविधान बन्दा भारतको किन टाउको दुःख्यो ? उनको प्रश्न थियो । भारतले नाकाबन्दी गर्दा संसारका ७ अर्ब बढी जनताले यसको विरुद्धमा आवाज उठाएको समेत उनले बताए । संविधान बनेको खुशीयाली मनाउने बेलामा भारतले दुःखमनाउने काम गरेको टिप्पणी ज्ञावलीले गरे । छिमेकीहरुसंगको सम्बन्ध नेपालले विर्गान कहिल्यै नचाहेको प्रष्ट पादै नाकाबन्दी नगर्न समेत आग्रह गरे । सीमानाकामा हजारौं मालबाहक सवारीसाधन भारतीय पक्षले रोकेको भन्दै समस्या समाधानका लागि उच्च स्तरीय तहबाट पहल भइरहेको बताएका छन् । यदि त्यसो भएन भने संकट समाधानका लागि एबै एक ढिक्का भएर जाने उनले बताए ।

यस्तै एकअर्को प्रसंगमा उपाध्यक्ष ज्ञावलीले अशान्ति, हिंसा, अराजकताले मूलुकलाई फाइदा नगर्ने बताए । जनताका प्रतिनिधीबाट लोकतान्त्रिक संविधान बन्नु संसारका लागि उदाहरणीय काम भएको चर्चा गर्दे उनले सबैको मागहरु सम्बोधन भएको दाबी गरे । छुटेका मुद्दालाई समेट्न संवेधानिक मुस्लिम, दलित, थारु, मधेसी महिला आयोग गठन भएकाले आन्दोलनको औचित्य नभएको उपाध्यक्ष ज्ञवालीको धारणा छ ।

देश टुक्रयाउन चलखेल : गिरी

krishna-giriयस्तै, सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले देशलाई टुक्रयाउन र विखण्डन गर्न चलखेल भइरहेको बताएका छन् । प्रधानमन्त्रीदेखि तीन दलका शीर्ष नेताहरुले बार्तामा आउन आन्दोलनरत मधेसी मोर्चालाई पटक पटक आग्रह गरे पनि वेवास्ता गरेको सदस्य गिरीले बताए ।

माग पुरा गराउने नाममा हिंसात्मक आन्दोलन हुनुले देश कता जाँदै छ भन्ने कुरा एक पल्ट सोच्नु पर्ने अबस्था आएको उनले बताए । सीमाङ््कनको विषयलाई लिएर बिबाद गर्नुमा अब कुनै तुक नभएको उनले बताए । संघिय आयोगको गठन गर्ने भएकाले सिमाङ्कनको विषयलाई लिएर बिबाद गरिरहनु नपर्ने उनले बताए ।