काठमाडौं, १० असोज । एकीकृत माओवादी पार्टी परित्याग गरेपछि बाबुराम भट्टराविरुद्ध राम्रा र नराम्रा टिकाटिप्पणी आइरहेका छन् । कसैले बाबुरामलाई राम्रो भनेका छन् । कसैले नराम्रो भनेका छन् ।
विशेष गरेर उनकै पार्टीभित्र अलोचना हुन स्वभाविक हो । तर सहत्यिकार एवम् एमाओवादीका केन्द्रीय सदस्य विश्वभक्त दुलाल ‘आहुती’ले बाबुरामका विषयमा अत्यन्तै रोचक र घोचक सन्देश फेसबुकमा राखेर सबैलाई चकित तुल्याइ दिनुभएको छ ।
यहाँ ‘आहुती’ले लेख्नुभएको फेसबुक सन्देश जस्तोको त्यस्तै राखिएको छ ।
‘पार्टीबाट निस्कँदा आफूलाई महान ठान्छ त्यो बाबुराम हो । बाबुराम निस्केकोमा जसलाई विसञ्चो वा हाइसञ्चो हुन्छ त्यो बाबुराम हो । जो भारतको इसारा हेरी चल्छ त्यो बाबुराम हो । जो इसारालाई लुकाएर इसारामैं चल्छ त्यो पनि बाबुराम हो ।
जो भट्टराई थरको मात्र बाबुराम देख्छ त्यो बाबुराम हो । जो आफूभित्र बाबुरामको कुनै अंश देख्दैन त्यो पनि बाबुराम नै हो । बाबुराम एउटा इतिहास हो ।
व्यक्तिवादको, सत्तालिप्साको, भष्ट्राचारी संगातेको संरक्षकको अनि राष्ट्रिय स्वाधीनताको चटके परिभाषाको । बाबुरामका थर धेरै छन् । दुलाल, दाहाल, ओली, कोइराला आदि ।
जो बाबुरामबाट शासित हुन्छ त्यो बाबुराम हो । जसले बाबुरामलाई शासित बनाएकोमा मख्ख छ त्यो पनि बाबुराम हो । अब सोच्ने बेला आयो की नाम र थर जे भए पनि बाबुरामहरूको राइँदाइँ नहुने कम्युनिस्ट आन्दोलन हुन सक्दैन ? हुनै पर्दछ !’












प्रतिक्रिया