२१ कार्तिक २०८३, शनिबार

गच्छदारले कसको योजनामा थारु आन्दोलन तुहाउँदैछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १० असोज । थारु समुदायले आफ्नो बलबुतामा आन्दोलन उचाइँमा पुर्‍याइरहेका बेला मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहकार्य गर्न थालेपछि थारु आन्दोलनभित्र चिसोपना देखिएको छ ।

मधेसी मोर्चासँग सधैँ असहमति राख्दै आएको थारु/थारुवान संयुक्त संघर्ष समितिले आफ्नै बलबुतामा आन्दोलन अगाडि बढाउने जनाउँदै आएको छ ।

मधेसी मोर्चासँग गच्छदारले सहकार्य गरेर जान थालेपछि थारु आन्दोलन कमजोर हुने हो की भन्ने चिन्ताले थारु नेताहरूलाई सताउन थालेको छ ।

गच्छदारले अहिले आएर किन मधेसी मोर्चासँग मिल्नु पर्ने भयो भन्ने विषयमा पनि थारु आन्दोलनभित्र खोजी सुरु भएको छ ।

यदि गच्छदारले आफ्ना थारु नेताहरू रामजनम चौधरी, योगेन्द्र चौधरीलगायतलाई मधेसी मोर्चाको आन्दोलनमा सहभागी गराउनुभयो भने त्यसले थारु आन्दोलनलाई प्रत्यक्ष प्रभाव पार्ने र कमजोर बनाउने स्रोतको भनाइ छ ।

गच्छदारको मधेसी मोर्चा मोह त्याग्नुपर्ने केही थारु नेताहरूले बताउने गरेका छन् । मधेसी मोर्चाले अहिले मुलुकमा लगाएको नाकाबन्दीको आरोप पनि थारुमाथि थोपरिनेमा थारु नेताहरू चिन्तत छन् ।

यदि गच्छदार मधेसी मोर्चासँग सहकार्य गरे अगाडि बढेमा थारु संयुक्त संघर्ष समितिले भने आफू एक्लै आन्दलोलनमा रहने योजना बनाएको छ । थारु आन्दोलन कमजोर भएमा त्यसको फाइदा मधेसी मोर्चालाई पुग्नेछ ।

उता, संविधानसभाभित्र संघर्ष गर्न बनाइएको थारु सभासद संयुक्त संघर्ष समिति पनि विघठन हुने भएको छ ।

संविधानसभाले संविधान जारी गरेर समाप्त भएपछि समितिको औचित्य समाप्त भएको भन्दै विघठन गरिन थालेको थारु नेतृ रुक्मिणी चौधरीले जानकारी दिनुभयो ।

उहाँले आफूहरूको आन्दोलन जारी रहेको भन्दै आन्दोलनका साथै वाता र सम्वादको ढोका खुला रहेको बताउनुभयो ।