काठमाडौं, १० असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो आन्दोलनकै क्रममा तराई मधेसका जिल्लाहरूमा मानव साङ्गलो बनाइ घेराउ गर्ने भएको छ ।
असोज १४ गते बिहीबार दिउँसो १ बजे हुलाकी लोकमार्गमा मानव साङ्गलो बनाइ घोराउ गर्न लागिएको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
‘पूर्वघोषित कार्यक्रमअनुसार आगामी बिहीबार १ बजे हुलाकी मार्गमा मानव साङ्गलो बनाइ शान्तिपूर्ण प्रदर्शन गर्ने छौँ’, महासचिव सुमनले भन्नुभयो, ‘त्यसका लागि सचिवालयले तयारी गरिरहेको छ । हज्जारौँको उपस्थिति हुनेछ ।’
संघीय राज्यको सिमाङ्कन र अधिकारलाई लिएर विगत डेढ महिनादेखि आमहड्तालसहित आन्दोलन गर्दै आएको मधेसी मोर्चाले नाकाबन्दी गर्दै आएको छ । नाकाबन्दीका कराण मुलुकको जनजीवन अस्तव्यवस्त बनेको छ ।
यसैबीच, मानव साङ्गलोको तयारी र अन्य विविध विषयमा छलफल गर्न मधेसी मोर्चाको सचिवालयको बैठक पनि बस्दैछ ।
बैठकले आन्दोलनको समीक्षाका साथै थप कार्यक्रम र रणनीति तयारपार्ने सद्भावनाका महासचिव सुमनले बताउनुभयो ।












प्रतिक्रिया