३० आश्विन २०८३, शुक्रबार

काठमाडौं आइपुगिन सलमानकी हिरोइन हेजेल किच, बबरमहलमा क्याटवाक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hejel keech (1)काठमाडौं । हलिउड तथा बलिउडकी अभिनेत्री एवँ बेलायती मोडल हेजेल किच शनिबार काठमाडौं आएकी छिन् ।
सलमान खानको प्रतिष्ठित फिल्म बडिगार्डकी अभिनेत्री हेजेलले काठमाडौं पुगेलगत्तै शनिबार साँझ राजधानीको बबरमहल स्थित कार्की बेङ्क्वेटमा क्याटवाक गर्दै नेपाली दर्शकमाझ प्रस्तुत गर्दा दर्शक दीर्घाबाट निकै बेर ताली र सिठ्ठी बज्यो ।

उनी यतीबेला काठमाडौंमा छिन् । शनिबार साँझ त्यहाँ आयोजित मोडल प्रतियोगितामा ¥याम्पमा क्याटवाक गर्दै उनी नेपाली दर्शकमाझ उत्रिएकी हुन् । सो कार्यक्रममा आफुले नेपालमा धेरै स्वागत सत्कार पाएको अभिनेत्री हेजेलले बताईन् ।

युहाना इन्टरनेशलन इभेन्ट्स प्रालिद्धारा शनिबार साँझ राजधानीमा आयोजित आयोजित ‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल २०१५‘मा मुख्य अतिथि भएर हेजेल काठमाडौं आएकी हुन् । कार्यक्रममा हेजेललाई क्याटवाकमा सो प्रतियोगिताका प्रतियोगीहरुले साथ दिएका थिए । उनले ‘शो टपर’ भएर उनले क्याटवाक गरेकी हुन् ।

हेजेलले नेपाल निकै सुन्दर रहेको बताईन् । आउँदा दिनमा फुर्सद निकालेर आफु फेरी नेपाल घुम्न आउने पनि उनले बताईन् । उनी शुक्रबार राती मुम्बईबाट काठमाडौं आएकी हुन् । शनिबार हेजेलले बौद्ध लगायतका क्षेत्र भ्रमण गरिन भने काठमाडौंका विभिन्न क्षेत्र भ्रमण गरेर आईतबार बेलुका मुम्बई फर्कने छिन् ।

हलिउड फिल्म हेरी पोर्टर, बलिउड बर्डिगार्ड सहित अन्य एक दर्जन फिल्ममा नायिकाको रुपमा हेजेलले काम गरिसकेकी छिन् । उनी बेलायतकी चर्चित मोडल हुन् । केही समय देखि उनी बलिउडमै छिन् ।

hejel keech (2) hejel keech