३० आश्विन २०८३, शुक्रबार

पृथ्बी र निरिशा भए मोडल क्वेस्ट इन्टरनेशन नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

model quest international winner with hejel keechकाठमाडौं । शनिबार अबेर राती राजधानीमा सम्पन्न मोडल क्वेस्ट इन्टरनेशलन नेपाल २०१५को उपाधि युवा तर्फको पृथ्बी पाण्डेले हाँसिल गरे भने युवती तर्फले निरिशा बस्नेत सो उपाधि जितिन् ।

मोडल क्वेस्ट इन्टरनेशनल बन्न सफल पृथ्बी र निरिशाले ५० हजार रुपैयाँ र विभिन्न उपहार हाँसिल गरे । यी दुईले एउटा म्युजिक भिडियोमा जोडी बनेर मोडलिङ गर्ने अबसर पनि हाँसिल गरेका छन् ।

युहाना इन्टर नेशलन इभेन्ट्सद्धारा आयोजित सो प्रतियोगितामा युवा तर्फ २८ जना प्रतिस्पर्धी र युवती तर्फ २२ जना प्रतियोगीहरु थिए । जस मध्यबाट युवा तर्फ फस्ट रनर अपको उपाधि सिमरदीप सिंह गेलले र युवती तर्फ फस्ट रनरअपको उपाधि अलिना कार्कीले हाँँसिल गरे । उनीहरु दुबैले विभिन्न उपाधिसँगै विभिन्न उपहार प्राप्त गरे । यस्तै युवा तर्फ सेकेन्ड रनर अपको उपाधि  पृथ्बी श्रेष्ठले र युवती तर्फको उपाधि अमृता ताम्राकार ले हाँसिल गरे ।

सो प्रतियोगितामा अरु विभिन्न शिर्षकमा युवा युवती बीच प्रतिस्पर्धा भएको थियो । युवा तर्फको प्रतिस्पर्धामा बेस्ट पर्सनालिटीको उपाधि बिक्रम पाण्डेले हाँसिल गरे भने बेस्ट स्टाईलिस्टको अवार्ड पनि बिक्रमले नै जिते । मिस्टर कंज्युनालिटीको उपाधि उत्सब शाही ठकुरीले प्राप्त गरे । मल्टी मिडियाको अवार्ड तिलक ऐरले तिजे भने फोटो जेनिक अवार्ड प्रनिराज पाण्डेले हाता पारे । भिवर्स च्वाईसको उपाधि दीपेश खडकाले हाँसिल गरे भनेसमिरदीप सिंह गीलले पपुलर अवार्ड हाँसिल गरे । म्यानेजमेन्ट च्वाईसको अवार्ड सँदीप नेपालले पाए भने पृथ्बी श्रेष्ठले भेस्ट वाकको उपाधि जिते ।

modelजस मध्य मोडल क्वेस्टमा सहभागी युवतीबाट पर्शनालिटीको उपाधि निशा , मल्टिमिडियाको उपाधि रोजिना श्र्ष्ठले जितिन् । फोटो जेनिक उपाधि एलिना गुरुङले हाँसिल गरिन् भने बेस्ट वाल्क अवार्ड सविना सँग्रौलाले प्राप्त गरिन । म्यानेजमेन्ट च्वाईसको उपाधि निहारिका राणाले हाता पारिन भने भिवर्स च्वाईसको उपाधि जेरिच रसाईलीले जितिन् । यस्तै मिस स्टाईलिसको अवार्ड अलिना कार्कीले जितिन भने पपुलर अवार्ड किर्ती पुरीले प्राप्त गरिन् ।

सो कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । गायिका निशा देशारले सो कार्यक्रममा चलचित्र राहदानीको साउनको ठुलो झरी….र गजल साउनको भेल जस्तो मेरो जोवन…गीत प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाएकी थिईन् ।
मोडल क्वेस्ट इन्टरनेशलको निर्णायकमा बलिउड फेशन डिजाईर बिशाल कपुर, मोडल अनुप सक्सेना, ग्लामर फोटोग्राफर  राजभाई सुवाल,  अभिनेत्री अनिता आचार्य, फेसन डिजाईनर स्वेता सिरोहिया रोक्का र व्यबसायी कमल श्रेष्ठ थिए ।