१ कार्तिक २०८३, शनिबार

भारतविरुद्ध यसरी जनमत उर्लिदैछ, हिंसा भारतले फैलाएको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pak_stand_with_nepal_constitution twitter

नेपालको संविधान २०७२ लाई भारत बाहेकका सबै अन्तर्राष्ट्रिय जगतले स्वागत र समर्थन जनाएका छन् । तर भारतले आफू अनुकुल संविधान नबनाएको भन्दै मधेसी दलहरूलाई उचालेर नेपालमा अघोषित नाकाबन्दी लगाइ रहेको आरोप छ । नेपालको संविधानमा भारतको आलोचनालाई लिएर पाकिस्तानमा ट्वीटर प्रयोगकर्ता हैशटैगहरूले भारतको निन्दा र नेपालको समर्थन गरिरहेका छन् । पाकिस्तानी नागरिक सनी मोडाले ट्वीटरमा लेख्छन्, ‘हामी पाकिस्तानी हमेशा न्यायको पक्षमा उभिएका छौँ । अन्याय मानवताका लागि खतरा छ । भारत एक चरमपन्थी देश हो । यसमा कुनै शक छैन ।’