
काठमाडौं, ९ असोज । पछिल्लो राजनीतिक अवस्था र भारतीय नाकाबन्दीका विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ ।
बैठकमा एक दर्जन बढी दलका नेताहरु सहभागी छन् । सबै नेताहरु भारतविरुद्ध एकजुट देखिएका छन् । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलेले अधिकांश नेताहरु राष्ट्रियताको पक्षमा उभिएको बताए ।
उनले भने– ‘सबै दलका नेताहरु राष्ट्रियताको पक्षमा उभिएका छन् । भारतको नाकाबन्दी हटाउन कुटनीतिक पहल गर्नेमा एकमत देखिएको छ । केहीले नाकाबन्दी गरौ पनि भनेका छन् । ठोस निर्णय हुन् बाँकी छ ।’
बैठमा मधेस आन्दोलनका बारेमा पनि छलफल भइरहेको छ । नेपालमा संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले अघोषित नाकाबन्दी गरेपछि बालुवाटारमा सर्वदलीय बैठक बसेको हो ।












प्रतिक्रिया